हाम्रो बारेमा

याल्ड मुन ग्रुप प्रा.ली. विभिन्न उद्येश्यका साथ मिति २०७२ साल चैत्र ०२ गतेका दिन नेपाल सरकार ,कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरि विधिवत रुपमा संचालन भैरहेको संस्था हो । यस संस्थाले स्थापनाकाल देखि नै संस्थाको उद्येश्य अनुरुप कम्प्युटर सफ्टवेयर , एप निर्माण तथा प्रोग्रामिङ, स्वरोजगार, प्राविधिक शिक्षा, शैक्षिक सामाग्री निर्माण, विभिन्न तालिम, डकुमेन्ट्रि, मिडिया हाउस सम्बन्धी विभिन्न तालिमहरु संचालन गर्नुका साथै विभिन्न जनचेतना फैलाउने उद्येश्यका साथ विभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन, विद्यालय शिक्षा सम्बन्धी विभिन्न भिडियो सामाग्री निर्माण गदै आईरहेको छ ।

मोबाइल एप्लिकेसन तथा वेबसाइट डिजाइन l 

चलचित्र , डकुमेन्ट्री तथा टेलिभिजन कार्यक्रम उत्पादन l 

अखबार तथा पत्रपत्रिका प्रकाशन तथा अनलाइन मिडिया संचालन l 

शैक्षिक क्रियाकलाप तथा विभिन्न तालिम हरु संचालन आदि l 

हामीलाई नै किन रोज्ने ?

Yald Moon Group Pvt.Ltd.

हजुरहरुले हाम्रो कम्पनीलाई दिनुभयको काम तथा जिम्मेवारी हरुलाइ  छिटो छरितो र समयमा नै पुरा गर्न सदैब तत्पर रहने हाम्रो कम्पनीमा क्रियटिभ  टिम  छ l 

क्रिएटिव टीम

 हजुरहरुले हाम्रो कम्पनीलाई दिनुभयको काम तथा जिम्मेवारी हरुलाइ  छिटो छरितो र समयमा नै पुरा गर्न सदैब तत्पर रहने हाम्रो कम्पनीमा क्रियटिभ  टिम  छ l 

Yald Moon Group Pvt.Ltd.

हजुरहरुले हाम्रो कम्पनीलाई दिनुभयको काम तथा जिम्मेवारी हरुलाइ  छिटो छरितो र समयमा नै पुरा गर्न सदैब तत्पर रहने हाम्रो कम्पनीमा क्रियटिभ  टिम  छ l 

हाम्रो सेवाहरु 

एप तथा वेबसाइट सम्बन्धित 

मोबाइल एप्लिकेसन / वेबसाइट डिजाइन तथा यस सम्बन्धि सम्पूर्ण कार्यहरु l  

मिडिया हाउस सम्बन्धित

अखबार / पत्रपत्रिका प्रकाशन तथा अनलाइन मिडिया संचालन सम्बन्धि सम्पूर्ण कार्य l 

भिडियो  प्रोडक्सन सम्बन्धित

चलचित्र,डकुमेन्ट्री ,बिज्ञापन , म्युजिक भिडियो आदि सम्पूर्ण मल्टिमिडिया तथा भिडियो निर्माण सम्बन्धि कार्यहरु l  

प्रशिक्षण

वातावरण, स्वास्थ्य,शिक्षा, कृषि, पत्रकारिता, उदघोषण, कम्प्युटर, स्वोरोजगार आदि सम्बन्धी तालिम तथा कार्यक्रम संचालन  l 

फ्रेंचाइजी

तपाईले हामीसित भएका उत्पादन तथा हम्रो कम्पनी मार्फत  फ्रान्चाइजी व्यवसाय गर्न सक्नुहुनेछ l 

सम्झौता/टेण्डर

सरकारी , गैर सरकारी, संघ-संस्था वा व्यक्तीले बोलपत्र टेण्डर आव्हान गरेमा   बोलपत्र टेण्डर द्वारा वा सोझै  सम्पर्क  गरि  माग बमोजिम सेवा प्रदान l 

नवीनतम परियोजनाहरू

परियोजना  १ 

हरेक विद्यार्थी विद्यालयमा  अध्यनको निम्ति जाने गर्दछन । हरेकको चाहना हुन्छ पढाइमा उत्कृष्ट नतिजा ल्याउने केहिको नतिजा राम्रै आइरहेको हुन्छ तर विविध कारणले  प्रायः  विद्यार्थी  शैक्षिक स्तर जति माथिल्लो कक्षामा जान्छन त्यति नै खस्किदै गैरहेको  छ  । हामीले बिशेष गरि पढाइ कमजोर हुने केहि विद्यालयका विद्यार्थीहरु  सित यस बारे जान्ने बिचार गर्यौ र विभिन्न विद्यालयमा गई विद्यार्थीहरुसित पढाईमा कमजोरका साथै अनुत्तिर्ण हुनाको कारण सोध्यौ प्राय विद्यार्थीहरुबाट  यस प्रकारको जवाफ आयोे ।


विद्यार्थी हरुबाट हामीलाई प्राप्त जवाफ :

  • पढाउदा बुझेजस्तो लाग्छ तर पछि घर आएर हेर्दा केहि बुझिदैन ।
  • सुुरुमा पढन बेस्सरी मन लाग्छ तर पढदै जादा कुनै च्याप्टर नजानेर छुटेपछि त्यो किताब नै हेर्न मन लाग्दैन ।
  • सरहरुले किताब सक्न छिटो छिटो अभ्यास गराउदा ,  प्राक्टिस गर्न नपाउदा झन अलिअलि जानेको पनि भुलिन्छ ।
  • सरहरुले कतिकुरा पढाउदा बुझिदैन , अन्य साथीको अगाडी सोध्न लाज लाग्छ, यति पनि जानेन भन्छन कि भन्ने डरले ।
  • अभ्यासका केहि प्रश्न गरिदिनुहुन्छ बाँकी गृहकार्य हुन्छ , केहिको गृहकार्य हेरेर अर्को पाठ तिर प्रवेश गर्नुहुन्छ यसले हामिलाई समस्या आउछ । 
  • टिउसन पढ्नेहरु जान्ने छन हामिसित टिउसन पढ्न पैसा नै हुँदैन ।
  • अनलाईनमा खोज्दा पनि नजानेको अभ्यासको सोलुसन भेटिदैन ।
  • अगाडिको कक्षामा राम्रोसित बुझिएन अब यो कक्षामा झन गारो भएको छ ।
  • गाईड किनेर पनि हेर्छौ तर प्रश्नको उत्तर कहाँबाट कसरि आएको बुझन् सकिदैन , नबुझेर कण्ठ गरेको कुरा लामो समय सम्म सम्झिन सकिदैन ।

 

               वास्तवमा शिक्षक हरुलाइ तोकेको समयमा सम्बन्धित कोर्स सक्नु पर्ने परिस्थिति  र पढाउने समय छोटो हुन्छ, जसले गर्दा हरेक विद्यार्थीलाइ एक–एक गरि सम्झाउन र नबुझेकालाइ बिस्तृत रुपमा बुझाउन समय पर्याप्त नहुने हुँदा विद्यार्थीको पढाइमा कमी आउनु स्वभाविक नै हो फेरि सम्झाउनको निम्ति हरेक विद्यार्थीकोे एकै प्रकारको स्मरण शक्ति नहुने सबैको स्मरणशक्ति फरक फरक हुने कसैले तुरुन्त बुझ्न सक्ने हुन्छन भने कसैले बुझ्न ढिलो समय लाग्ने , कसैले पढाउदा सबै बुझ्ने तर केहि समय पस्चात भुल्ने , सम्पुर्ण पहिले अध्ययन गरेको बिषय हरु दोहोराएर अध्ययन गर्न पर्याप्त समय नहुने र आफुले नजानेको विषय हरुको बारेमा जानकारी लिन वा सिक्नको निम्ती गतिलो प्रविधि नहुनुले पढाईमा राम्रो गर्न चाहेर पनि केहि विद्यार्थीहरु सफल हुन सकिरहेका छैनन । 

 

              प्राय बिद्यार्थीहरुलाइ बुझ्न र पढन गारो लाग्ने बिषयहरु बिशेषत गणित , बिज्ञान , अंग्रेजी बिषय हरु हुन । सामुदायिक बिद्यालयरुको रिजल्ट बाट पनि यो प्रस्ट भै सकेको छ   । त्यसैले विद्यार्थीहरुले सहज तरिकाले सिक्न र सिकाइ प्रकृयालाइ सहज होस भन्ने र आगामि दिनमा विद्यार्थीहरुले राम्रो अङ्क प्राप्त गरि उत्तिर्ण गराउन अहम भुमिका खेल्न सक्ने सोलुशन भिडियो निर्माण गरि एप्लिकेसन द्धारा विद्यार्थी लाइ  सजिलो तरिकाले सिक्न मद्धत पुग्छ भन्ने अभिप्रायले यस कार्यक्रम तयार पारिएको हो ।

What others say

DB KC - NBT MD

भनेको समयमा आफ्नो जिम्मेवारी पुरा गरि प्रोजेक्ट हामीलाई हस्तान्तरण गरेको मा धन्यबाद फेरी फेरी पनि तपाईहरु सित सहकार्य जारि रहनेछ l 

ASHOK - BLNEPAL PREsident

हम्रो लागि web साइत निर्माण गरिदियको मा धन्यबाद  l 

Rudraji - developer

तपैहरुको टिममा सहभागी भयर काम गर्न पाउदा सारै रमाइलो र खुशी लाग्यो धन्यबाद l

हाम्रो टीम

0

Projects Done

0

running  Project 

0

Happy Clients

0

Awards

हामीसित जोडिनुहोस 

याल्ड मुन ग्रुप प्राइभेट लिमिटेड :

  • नेपाल सरकार दर्ता नम्मर : १४६५२१